Loading...
गृह पृष्ठ 2026-08-06T08:03:23+00:00

चिलंखे खड्का अचल सन्तति समाजको स्थापनाको ऐतिहासिक आधारहरु अध्ययन गर्दै जाँदा मिति २०४३ साल तिर फर्केर हेर्नुपर्ने हुन्छ । २०४३ सालपछि अचल सन्ततिहरुले संस्थागत रुपमा देहाय बमोजिम पारिवारिक संस्थाहरु स्थापना गरेको देखिन्छ। २०४३ सालमा श्री चन्द्रबहादुर खड्काले ”चिलंखे खड्का (एक चिनारी)“ नाम पुस्तक लेख्नु भएको थियो । त्यो पुस्तक पुँवार वंशीय चिलंखे खड्काहरुका लागि ज्यादै महत्वपूर्ण थियो । त्यसमा चिलंखे खड्काहरुको उद्गम स्थान, बसोबास गरेको स्थान, धर्म संस्कृति, पेशा, भेषभुषा, समाज सेवामा गरेका योगदानका साथै चिलंखे खड्काको वंशावली समावेश गरेको थियो । त्यो पुस्तकको पाण्डुलिपी तयार भएपछि प्रेशमा जानु पूर्व श्री हेमबहादुर खड्काले श्री सुरेन्द्रबहादुर खड्का र डा. रामबहादुर खड्कासंग यो पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गर्नु भएछ । श्री सुरेन्द्रबहादुर खड्का र डा. रामबहादुर खड्काले चिलंखे खड्काहरुको कुनै ट्रष्ट स्थापना गरेर उक्त पुस्तक प्रकाशन गर्न उपयुक्त सम्झी यसै भावनालाई मूर्त रुप दिने उद्देश्यबाट एक पारिवारिक संगठनको स्थापनार्थ वि.सं. २०४३ साल चैत्र १४ गतेका दिन आफ्नो निवास थापाथली, काठमाडौंमा एक छलफल कार्यक्रमको आयोजना गर्नु भएको थियो । त्यस छलफल कार्यक्रमले ”चिलंखे खड्का गुठी“ नामक एक पारिवारिक संस्था स्थापना गर्ने र श्री चन्द्रबहादुर खड्काद्वारा लिखित ”चिलंखे खड्का एक छोटो चिनारी“ पुस्तक त्यसै गुठी मार्फत प्रकाशित गर्ने निर्णय गरेको थियो । त्यस निर्णयअनुसार उक्त पुस्तक तयार गरी २०४४।२।९ का दिन श्री केदारबहादुर खड्काबाट विमोचन गरिएको थियो । त्यसै गरी प्रमुख सेनानी श्री ईश्वरबहादुर खड्काको समापतित्वमा देहाय बमोजिमको चिलंखे खड्का गुठीको एक तदर्थ कार्य समिति गठन भइ, वि.सं. २०४४ साल बैशाख १ गतेबाट विधिवत आफ्नो कार्य संचालन गरेको थियो ।

तदर्थ समिति

१. सभापति – प्रमुख सेनानी श्री ईश्वरबहादुर खड्का
२. उपसभापति – श्री टपेन्द्रबहादुर खड्का
३. सचिव – श्री माधव खड्का
४. कोषाध्यक्ष – श्री सुरेन्द्रबहादुर खड्का
५. सहसचिव – श्री द्वारिका खड्का

६. सदस्य – श्री ताराबहादुर खड्का (लादुक)
७. सदस्य – श्री हेमबहादुर खड्का
८. सदस्य – डा. रामबहादुर खड्का
९. सदस्य – श्री सुन्दरप्रकाश खड्का
१०. सदस्य – श्री गजेन्द्रबहादुर खड्का
११. सदस्य – श्री केदारबहादुर खड्का

अध्यक्षको कलम बाट


आदरणीय चिलंखे खड्का अचल सन्त्तती समाजका सम्पुर्ण परिवारका सदस्य ज्यूहरु आज हामी चिलंखे खड्का भनेर चिनिनुमा हाम्रा अग्रज मान्यवरहरुले गर्नु भएका असल ऐतिहासिक कार्यहरु ,हामो चालचलन,स्वभाव,आचरण,ब्यवहार बाट प्रस्ट भएकै छ । हामी सम्पूर्ण परिवारका सदस्यहरुको सफल्ताको पछाडी हाम्रा अग्रजहरुको न्यानो आसिर्वाद भएकै र पाएकै कारण हामी आफ्नो गाऊ,शहर ,देश,बिदेश जहाँ जान्छौ,बस्छौ हामी आफ्नो नाम,ईज्जत र प्रतिष्ठा कमाउन सफल भएका छौ । तर यी सब कुराहरुको अनुभुति पुस्ता बृद्धिसंगै बिस्तारै हराउदै गएको महसुस हुन थाले पछि हाम्रा अग्रज बुबा पूर्व डिआइजी (रा.अ.बि) श्री चन्द्रबहादुर खड्का ज्यूले २०४३ सालमा चिलंखे खड्का एक छोटो चिनारी नामक पुस्तक प्रकासनको तयारी गर्ने सिलसिलामा पूर्व खाध्य कृषि सचिब तथा राष्ट्रिय योजना आयोगका सह – सदस्य स्व -बेद बहादुर खड्का , सहायक अन्चलाधिस स्व -हेम बहादुर खड्का, स्व -सुरेन्द्र बहदुर खड्का ,प्राध्यापक डा .राम बहादुर खड्का लगायत अन्य अग्रजहरुको सर–सल्लाहमा सबै परिवारलाई एकढिक्का बनाउने अभिप्रायले चिलंखे खड्का गुठी नामक संस्था २०४४ साल बैसाख १ गते बाट स्थापना गरी सोही गुठी मार्फत २०४४।२।९ गते स्वःकेदार बहादुर खड्काबाट बिमोचन गरि परिवारका सदस्यहरुमा बितरण गरिनुका साथै गुठीले अन्य कार्यक्रमलाई पनि निरन्तरता दिदै २०५७ सालमा यस पाविारिक संस्थाको बिधिवत दर्ता प्रक्रिया पुरा गरि आज यो अबस्था सम्म आई पुग्दा सम्पुर्ण परिवारका सदस्यहरुले लाभ लिइ रहनु भएको छ । त्यो लाभ भनेको हामी छरिएर रहेको परिवारहरुको बिच सम्पर्क,सहयोग,सद्भाव र प्राप्त आसिर्वाद हो । हामीले छरिएर रहेका र बसेका परिवारका सदस्यहरुलाई एक ढिक्का बनाउनत सफल भयौ तर अझै पुर्खाहरुको नाम र कामको ऐतिहासिक दस्ताबेजिकरण र सिलालेखिकरण गर्न सकेका छैनौ किनकि हामीले चिलंखे खड्का अचल सन्त्तती समाजको आफ्नै भवन बनाउन सकेका छैनौ । यदि हामी संग आफ्नै भबन भएदेखि हाम्रा पुर्खाहरुले गर्नु भएको असल कृतिहरुको बिबरण सहितको नाम हामी सिलालेख मार्फत प्रस्ट रुपमा राख्न्न सक्थ्यौ र भावी पिडिले जान्ने बुझ्ने स्मरण गर्ने मौका मिल्ने थियो । हुनत हामीले बार्षिक प्रकासन गर्ने देउढुङ्गे पत्रिकामा पनि अग्रज आदरणीय ब्यक्तित्वहरुबाट खोज अनुसन्धान भइ प्राप्त ऐतिहासिक दस्तावेजहरु प्रकासन गर्ने गरेका छौ तर प्रत्येक ब्यक्तिको पुस्तक अध्ययन गर्ने बानी नहुने हुदा त्यस्ता ब्यक्तित्वहरुलाई समेत स्थायी रुपमा वेभसाईट मार्फत सबैकुराको जानकारी गराउने अभिप्रायले हामीले वेभसाईट निर्माण गरेका छौ हजुरहरुले हेरि सल्लाह र सुझाव दिनु हुनेछ भन्ने आशा राखेका छौ । अब हाम्रो अर्को योजना भनेको गुठी भबन ब्यबस्थापन गरि सिलालेखिकरण गर्ने रहेको छ यति काम गर्न सकियो भने मिटिङ्ग लगायत अन्य कार्यक्रमहरुमा एक न एक दिन अबस्य उपस्थित हुनेथियो र भावी पुस्ताहरुलाई आफ्ना अग्रजहरुको बारेमा नजिक बाट जान्ने, स्मरण गर्ने अवसर मिल्ने थियो र सुनमा सुगन्ध थपिने थियो यसको लागी सम्पुर्ण अक्षयकोष दाता लगायत सुरुदेखि आजका दिन सम्म कार्यसमिति तथा सल्लाहकारमा रहि योगदान पु–याउनु हुने महानुभावहरुलाई धन्यवाद टक्रयाउदै पुनः गुठी भबन जसरीनि बनाउनु पर्छ भनेर साथ सहयोग हौसला आसिर्वाद दिनु भई योजना सफल बनाउन भरपुर सहयोगको लागी हार्दिक अनुरोधका साथ सम्पुर्ण पारिवारिक सुख समृद्धिको लागी कुलदेवता संग प्रार्थना गर्दछु । धन्यवाद ।

अध्यक्ष
श्री केशर कुमार खड्का
चिलंखा,लोटिङ्ग

MEMBERSHIP FORM


Name *
Address *
Email*
Phone
Subject
Message

सूचना तथा जानकारी


सूचना ! सूचना !! सूचना !!!

अचल सन्तति परिवारमा विभिन्न विधामा विद्यावारिधि (पि.एच.डि.) को उपाधि प्राप्त गर्नुहुने, विभिन्न विश्वविद्यालयबाट लिइने स्नातकोत्तर तहको परीक्षामा प्रथम श्रेणीमा, चिकित्सा शास्त्र स्नातकोत्तर तह (एमडि-एमएस) र स्नातक तह (एम.वि.वि.एस,वि.डि.एस), सि.ए. र पाइलटको परीक्षा उत्तिर्ण गरेका, इन्जिनियरिङ्ग

जुठो सुतक वार्ने सम्बन्धी निर्णय

यस अघि अचल सन्ततिहरु बीच जुठो सुतक बार्ने सम्बन्धमा एक रुपता नरहेको कारण केही अन्यौल झै रहेको र त्यसमा एक रुपता ल्याउन पर्ने वन्धुहरुको राय अनुसार यस समाजको मिति २०७२ साल चैत्र २७ गते बसेको

लेख रचना


आमा

बलदेव खड्का चिलंखा-बत्तिसपुतली आमा एक महान् व्यक्ति हुन जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिएकी छन् । उनी हाम्रो जीवनको अनमोल रत्न हुन् । वास्तवमा यस संसारमा सन्तानको लागि आमा भन्दा ठूलो केही रहेनछ ।

विद्यालय स्थापनार्थः चिलंखे खड्का अचल सन्ततीहरुको योगदान

उद्धव खड्का लोटिङ्ग ,चिलंखा राणाकालीन समयमा शिक्षा क्षेत्रमा त्यति विकाश भएको थिएन त्यसैले शिक्षा सम्बन्धी महत्व बुझेका व्यक्तिहरुले आ–आफ्नो छोराछोरीहरुलाई घरमा नै शिक्षक राखेर साधारण पठनपाठन गराउने चलन थियो । प्रजातन्त्र प्राप्तीपछि केही विद्यालयहरु खुले

ऐतिहासिक तथा किंवदन्ती

चन्द्रबहादुर खड्का चिलंखा ,गौरीघाट दोलखा जिल्लामा पुँवार खड्काहरुको आगमन कुन समय र कुन स्थानबाट भएको हो भन्ने कुराको कुनै आधिकारिक प्रमाण उपलब्ध छैन तापनि यिनीहरु नेपालको पश्चिमी भागबाट क्रमशः पूर्वी भागतर्फ बसोबास गर्ने क्रममा यहाँ

चिलंखे खड्का अचल सन्तति समाज – एक समिक्षा

उद्धव खड्का चिलंखा÷चावहिल संस्थाको स्थापना आज भन्दा करिव ३० वर्ष अगाडी हिमु खड्काका सन्ततिहरुको वंशावलीलाई समेटी आदरणीय श्री चन्द्रवहादुर खड्काबाट लेखिएको ”चिलंखे खड्का“ नामक पुस्तकको प्रकाशनको लागि वि.सं. २०४४ सालमा चिलंखे खड्का गुठी नामक संस्था

              श्री उद्धब खड्का
                    प्रबक्त्ता
सम्पर्क नम्बर : ९८५१२२४३३४ /९८४१२२४३३४
Email : khadkaub@gmail.com