साधारण सभा

साधारण सभा 2026-08-06T15:11:48+00:00

२० औ साधारण सभा तथा अधिबेशन २०७९/ माघ २८

चिलंखे खड्का अचल सन्तति समाजको २० औ साधाराण सभा तथा अधिवेसन बाट श्री केशर कुमार खड्का समाजको १२ औ अध्यक्ष मा निर्बिरोध निर्बाचित हुनुभयो साथै उहाको अध्यक्षता मा पदाधिकारी लगायत सदस्यहरु २० जना निर्बिरोध निर्बाचित हुनु भएको थियो  उपाध्यक्ष : श्री शान्ताध्वज खड्का, उपाध्यक्ष : श्री कमलगजाधर खड्का, महासचिव : श्री गंगा बहादुर खड्का, सचिव : श्री रणद्धिप खड्का, कोषाध्यक्षः श्री इश्वर बहादुर खड्का, सदस्य : श्री उद्धब खड्का, सदस्य : श्रीमति उर्मिला खड्का,सदस्य : श्रीमति तेजकुमारी खड्का,सदस्य : श्रीमति निर्मला खड्का,सदस्य : श्री कृष्ण बहादुर खड्का,सदस्य : श्री उमेश खड्का,सदस्य : श्री ईश्वर खड्का,सदस्य : श्री यम प्रकास खड्का,सदस्य : श्री होम बहादुर खड्का,सदस्य : श्री बलदेव सिंह खड्का,सदस्य : श्री उदय खड्का,सदस्य : श्री दीपक खड्का,सदस्य : श्री गोकुलध्वज खड्का,सदस्य :श्रीमति कौसिला खड्का,सदस्य :श्री शैलेन्द्र खड्का

 चिलंखे खड्का अचल सन्तति समाज ” को २१औं साधारण सभा सम्पन्न ।

मिति २०८० साल चैत्र १० गते शनिवार, धन्यन्तरी स्पोट्स हब, धुम्बाराही, काठमाडौँमा ” चिलंखे खड्का अचल सन्तति समाज को २१औं साधारण सभा सम्पन्न भयो । सभाको अध्यक्षता चिलंखे खड्का अचल सन्तति समाजको अध्यक्ष श्री केशर कुमार खड्काले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि तथा समाजको संरक्षक श्री बलदेव खड्काले पूर्व संरक्षक, पूर्व अध्यक्ष तथा  सल्लाहकार श्री चन्द्र बहादुर खड्का द्वारा लिखित ” चिलंखे खड्का छत्रसिंह सन्तति ‘‘ बंसावली  पुस्तक बिमोचन गर्नुका साथै ” देउढुङ्गा – पारिवारिक पत्रिका ” बर्ष/अंक १७ (२०८०) बिमोचन समेत  गर्नु भएको थियो।

उक्त साधारण सभामा महासचिव श्री गंगा बहादुर खड्काले बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष श्री ईश्वर बहादुर खड्काले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो। उक्त अबसरमा समाजलाई बिशेस महत्वपूर्ण योगदान पुर्याउनुहुने व्यक्तित्वलाई बिशेष सम्मान-पत्र, समाजलाई योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई सम्मान-पत्र तथा कदर-पत्र, साथै विभिन्न शैक्षिक बिदामा डिग्री प्राप्त गर्ने व्यक्तित्वहरुलाई सम्मान-पत्र द्वारा सम्मानित  गरिएको थियो।
साभामा उपाध्यक्ष श्री शान्ताध्वज खड्काले स्वागत मतब्य ब्यक्त  गर्नु भयो । सो अबसरमा पूर्व अध्यक्ष श्री हरिशरण खड्का, पूर्व संरक्षक,पूर्व अध्यक्ष तथा हाल सल्लाहकार श्री चन्द्र बहादुर खड्का र समाजका संरक्षक श्री बलदेव खड्काले आ-आफ्नो मनतब्य  ब्यक्त  गर्नुभयो, भने सभाको अन्तमा समाजको अध्यक्ष श्री केशर कुमार खड्काले आफ्नो मनतब्य सहित साधारण सभाको विधिवत समापन गर्नुभयो ।